पृथ्वी राजमार्गको विमलनगरदेखि घाँसीकुवा सडक खण्ड दैनिक चार घण्टा बन्द हुने

images
  • 96
    SHARES
  • फाल्गुण १४, २०७९ आइतबार
    पृथ्वी राजमार्गको विमलनगरदेखि घाँसीकुवा सडक खण्ड दैनिक चार घण्टा बन्द हुने
    images

    १४ फागुन, दमौली 

    पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडक खण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार एक सूचना जारी गर्दै मुग्लिन पोखरा सडक विस्तारको काम अगाडि बढिरहेको बेला उक्त खण्डमा विस्तारको काम छिटो छरितो रुपमा गर्न १० दिनसम्म दिनको ४ घण्टा बन्द गर्ने भएको हो ।

    मुग्लिन पोखरा योजना पूर्व खण्डबाट अनुरोध भइआएकाले सडक बन्द गरी निर्माण कार्य अगाडि बढाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरैले जानकारी दिए ।

    राजमार्ग विस्तारका क्रममा ठुलो मात्रामा ब्लक कटिङको कार्य गर्नुपर्ने भएकाले मनसुन सुरु हुनु अगावै कटिङको काम सम्पन्न गर्ने आवश्यक बन्दोबस्त मिलाउन योजनालाई अनुरोध गरिएको उनले बताए । आबुँखरैनी ४ डम्पिङ्गमा गत वर्ष पहिरोका कारण भासिएको सडक हालसम्म एकतर्फी मात्र सञ्चालन भइरहेकाले यस वर्ष मनसुन सुरु हुनु पुर्व नै सडक मर्मत गर्न सडक डिभिजन दमौलीलाई अनुरोध गरिएको समेत उनले बताए ।

    पुथ्वी राजमार्ग सडक खण्डलाई दुई खण्डमा विभाजन गरी विस्तारको काम भइरहेको छ । तनहुँ क्षेत्रमा ८० किलोमिटर सडकखण्डलाई आँबुखैरनी–जामुने (४१ किलोमिटर) र जामुने –पोखरा (३९ किलोमिटर) दुई भागमा बाँडेर निर्माण कार्य भइरहेको छ ।

    अहिले सडकको भित्तो काट्ने , रिटेन्सन पर्खाल लगाउने, नाली , पुलहरू र डाइभर्सन बनाउने लगायतका कामहरु भइरहेको छ । सडक खण्डमा पर्ने केही घरहरु हटाउने काम समेत सुरु भएको आयोजनाले जनाएको छ भने सो खण्डमा पर्ने रुख काट्ने काम सम्पन्न भइसकेको छ । सडक खण्डमा पर्ने विद्युतीय पोलहरु सार्ने विषयमा पनि प्राधिकरणसँग समवन्य भइरहेको आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend