फाल्गुन १४
देवघाट गाउँपालिका वडा नम्बर ५ पिपलटार डण्डावारीमा रहेको देवघाट ४ खानेपानी तथा सरसफाईको तेस्रो अधिवेशन आज स्थगित भएको छ । अध्यक्ष,उपाध्यक्ष, कोषाध्यक्ष र सचिव पदमा सहमति हुन नसकेपछि देवघाट ४ खानेपानी तथा सरसफाईको तेस्रो अधिवेशन स्थगित भएको उक्त खानेपानी उपभोक्ता समितिका सदस्य केशव चन्द्र न्यौपानेले बताए ।
उपभोक्ता समितिमा ७ सदस्यका लागि सबै सहमति भएता पनि मुख्य पदहरूमा असहमति जनाए पछि अधिवेशन भोलि बिहान बैठक बसेपछि पुनः हुने न्यौपाने बताए ।



