१६ फागुन, काठमाडौं
अर्जेन्टिनाका विश्वकप विजेता फुटबलर लियोनल मेसीले फिफाको सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि जितेका छन् ।
उनले फ्रान्सका किलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै यो उपाधि जितेका हुन् । ३५ वर्षीय मेसीले सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि लगातार दोस्रोपटक जितेका हुन् ।
मेसीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकप २०२२ को उपाधि जितेको थियो । लगातार दोस्रोपटक उपाधि जितेपछि मेसीले लामो समयदेखिको सपना पूरा भएको र यो साथीहरुको सहयोगमा सम्भव भएको प्रतिक्रिया दिए ।



