बुवाले आमाको हत्या गरेपछि टुहुरा भएका बालबालिकाको स्याहारमा एसओएसको सहयोग

images
  • 116
    SHARES
  • फाल्गुण १६, २०७९ मंगलबार
    बुवाले आमाको हत्या गरेपछि टुहुरा भएका बालबालिकाको स्याहारमा एसओएसको सहयोग
    images

    १६ फागुन,

    कैलालीको गौरीगंगा नगरपालिका-५ मा बाबुले आमाको हत्या गरेपछि टुहुरा बनेका बालबालिकाको स्याहारका लागि एसओएस बालग्राम धनगढीले सहयोग गरेको छ ।

    एसओएस बालग्रामका निर्देशक पदमबहादुर हमालले ललिता नाम्जालीका दुई जना छोराछोरीलाई पालनपोसनका लागि सहयोग गरिरहेको बताए ।

    बालबालिकाहरू अहिले आफ्नी ठूली आमा तुलसीदेवी नाम्जालीसँग बसेका छन् । तुलसीदेवीकै नाममा बैंक खाता खोलेर मासिक ४५ सय रुपैयाँका दरले दुई जनाका लागि ९ हजार प्रदान गरिने निर्देशक हमालले बताए ।

    संरक्षकले बालबालिकाहरु गाउँमै सरकारी विद्यालयमा अध्ययन गरिरहेकाले कारण उक्त रकमले स्याहारसुसार गर्न सकिने बताएपछि तत्काल ४५ सय रुपैयाँ सहयोग गर्ने गरी सम्झौता गरिएको हमालले बताए ।

    बालबालिकालाई उक्त रकम अपुग भएको अवस्थामा थप्न पनि सकिने एसोएस बालग्रामले जनाएको छ ।

    गत असोजमा शेरबहादुर नाम्जाली मगरले घरायसी विवादमा ३४ वर्षीया  श्रीमती ललिता नाम्जाली मगरेको हत्या गरेका थिए भने छोरीलाई धारिलो हतियार प्रहार गरेर घाइते बनाएका थिए ।

    घटना भएको भोलिपल्ट पक्राउ परेका नाम्जाली मगर पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

    अहिले उनका छोराछोरीलाई दाजु वीरबहादुर नाम्जाली मगरले पालनपोषण गरिरहेका छन् ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend