१६ फागुन, काठमाडौं
राष्ट्रपति निर्वाचन लड्न नचाहने उम्मेदवारले आज आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने भएका छन् ।
उम्मेदवारी फिर्ता लिन इच्छुक उम्मेदवारका लागि आज बिहान १० बजेदेखि अपराह्न चार बजेसम्मको समय निर्धारण गरिएको छ । आगामी २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । तर उनीहरुले उम्मेदवारी फिर्ता लिने सम्भावना कम छ । दुवै उम्मेदवारहरु विरुद्ध उजुरी र दावी विरोध पनि परेको छैन ।
राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदैछ । हालकी राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिंदैछ ।



