यु १९ विश्वकप एशिया छनोटः मलेसियाले नेपाललाई दियो ७३ रनको लक्ष्य

images
  • 69
    SHARES
  • फाल्गुण १६, २०७९ मंगलबार
    यु १९ विश्वकप एशिया छनोटः मलेसियाले नेपाललाई दियो ७३ रनको लक्ष्य
    images

    काठमाडौँ, फागुन १६

    युएईमा जारी आइसीसी यु १९ विश्वकप एशिया छनोट प्रतियोगितामा मलेसियाले नेपालसामु ७३ रनको झिनो लक्ष्य पेश गरेको छ ।

     
    टस जितेर पहिले व्याटिङ गरेको मलेसिया ३५.३ ओभरमा ७२ रन बनाउँदै अलआउट भयो । नेपाली बलरसामु ८ जना व्याटरले दोहोरो अंक रन जोड्न सकेनन् । मलेसियाका लागि मुहम्मद अक्रमले सर्वाधिक २६ रन बनाए ।
    नेपालका लागि दिपेश कंडेलले ४, आकाश चन्दले ३, मिलन बोहोराले २ र सुवास भण्डारीले एक विकेट लिए ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend