काठमाडौं,फागुन १६
स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीलाई अभिनेता सविन श्रेष्ठसहित केही फिल्मकर्मीको पहलमा गोलढुंगाबाट उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
नेपाल स्नेही काख नामक संस्थाले उद्धार गरेर सोमबार बेलुका सातदोबाटोस्थित एक मानसिक अस्पतालमा उनीहरुलाई राखेको छ । उनीहरुलाई सोही संस्थाले आश्रय समेत दिने भएको छ ।



