नवनिर्वाचित वडा अध्यक्ष कुवँर देवघाट समाज कल्याण केन्द्रको आजीवन सदस्य

images
  • 358
    SHARES
  • जेठ ५, २०७९ बिहीबार
    नवनिर्वाचित वडा अध्यक्ष कुवँर देवघाट समाज कल्याण केन्द्रको आजीवन सदस्य
    images

    देवघाट तनहुँ : जेष्ठ ५ करिस्मा गुरुङ

    स्थानिय तह-निर्वाचनमा निर्वाचित देवघाट गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुर्ण वहादुर कुवँर देवघाट समाज कल्याण केन्द्रको आजीवन सदस्य बन्नु भएको छ।

    ikugiui.jpg

    आज देवघाट क्षेत्र विकास समितिमा भएको एक कार्यक्रमबिच देवघाट ५ अध्यक्ष कुँवरले १५ हजार ५०० सय रूपैयाँको चेक देवघाट क्षेत्र बिकास समितिका अध्यक्ष बद्री प्रसाद अधिकारीलाई हस्तान्तरण गरि आजीवन सदस्यता लिएका हुन। सोही कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले कोभिडको समयमा बृद्वबाआमाहरूलाई खाना खुवाउनको लागि निकै गाह्रो भएको बताए ।

    uii.jpg

    उनले सोहि बेला भरतपुरका दाताहरूलाई आग्रह गरेर चामल लगाएत खाद्यान्न बस्तुहरू ल्याएर समेत जानकारी गराएका थिए। साथै निर्देशक घिमिरे बुबाआमा दाजुभाइ दिदिबहिनीहरूको सहयोग ले अहिलेसम्म वृद्धआश्रम र कर्मचारीहरू समेत ब्यबस्थापन गरेको उहाँले बताउनुभयो ।

    p[p[.jpg

    समाज कल्याण केन्द्रमा दैनिक ११ हजार खर्च लाग्छ, ३ लाख देखि साढे तीन लाखसम्म महिनामा खर्च छ, ३० देखि ३५ लाख सम्ममा वर्षको खर्च आउने भन्दै अहिले सम्म सहयोगी दाताहरूकै दानले पुगिरहेको छ तर हामीले अहिले नै दिगो दिर्घाकालिन सोच राखेर अगाडी बढ्ने बताउनुभयो। वृद्वाश्रममा वृद्वबाआमाहरूको भविष्यलाई हेरेर १ करोड ५५ लाख अभियानमा अक्षयकोषमा पुर्‍याउने लक्ष्य राखिएको र १५ हजार पाँच सय रुपैयाँ शुल्क तिरी आजीवन सदस्यता बन्न पाउने र हाल सम्म करिब ७५ देखि ८० लाख हाराहारीमा पैसा रहेको र त्यसलाई तत्काल खर्च नगरी १ करोड ५५ लाख पुगिसकेपछि ब्याजको ८० प्रतिशत आश्रमको लागि खर्च गर्ने २० प्रतिशत त्यहि खातामा राख्ने जसले बृद्वाश्रमलाई दिगो रूपमा टिकाउनको लागि मद्धत पुग्ने बताउनुभयो ।

    re.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend