१६ फागुन, काठमाडौं
आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट निर्माणको प्रक्रिया सुरु भएको छ । सोही अन्तर्गत आन्तरिक राजस्व विभागले आन्तरिक राजस्वसँग सम्बन्धित क्षेत्रका लागि सर्वसाधारण तथा सरोकारवालासँग सुझाव मागेको छ ।
आगामी आवको आर्थिक ऐन तथा बजेट तर्जुमाका सन्दर्भमा सुझाव मागिएको हो । विभागका अनुसार आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, शिक्षा सेवा शुल्क, विद्युतीय सेवा कर तथा समग्र कर प्रणाली सुधारका विषयमा सरोकारवालाले सुझाव दिन सक्ने भएका छन् ।



