किस्ता उठाउन गएका लघुवित्तका कर्मचारीमाथि दुई जनाले कालोमोसो दले, ५ जना प्रकाउ

images
  • 80
    SHARES
  • फाल्गुण १७, २०७९ बुधबार
    किस्ता उठाउन गएका लघुवित्तका कर्मचारीमाथि दुई जनाले कालोमोसो दले, ५ जना प्रकाउ
    images

    काठमाडौं, फागुन १७

    जाजरकोटमा एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि कालोमासो दलिएको छ ।

     
    जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी सन्तोष रोक्का अनुसार हिजो (मंगलबार) जाजरकोटको भेरी नगरपालिकमा मासिक किस्ता उठाउन गएका लघुवित्तका एकजना कर्मचारीमाथि दुई जना अज्ञात व्यक्तिले कालोमासो दलेका हुन् ।
    उनिहरुको साथमा रहेको नगद किस्ता असुल गरेको झोला सहित भागेको पाइएको डीएसपी रोक्काले बताए ।

    ‘१६ गते उक्त स्थानमा एनआईसी एशिया लघुवित्तको किस्ता उठाउने मिति रहेछ । सोही क्रममा मंगलबार लघुवित्तका कर्मचारी किस्ता उठाउन गएको ठाउँमा दुई जना व्यक्ति आएर कर्मचारीलाई कालोमोसो दलेर किस्ता असुल गरेको रजिस्टर र नगद सहित भागेका हुन्,’ डीएसपी रोक्का भन्छन्, ‘हामीले घटनाको अनुसन्धान सुरु गरिसकेका छौं । ५ जना नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं ।’

     

     

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend