चितवन, फागुन १७
चितवनमा एक करोड बढी मूल्यको सुन र हिराको गरगहनासहित तीन जना पक्राउ परेका छन् । आज जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलन गरि पक्राउ परेका तीनै जनालाई सार्वजनिक गरिएको हो ।
बहुमुल्य गरगहनाको अबैध ओसार पसार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले आज विहान १ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. १२ गोन्द्राङस्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा पूर्वबाट पश्च्मि तर्फ आउँदै गरेको WB 12AV 5566 भारतीय नं.को नेक्सन कम्पनीको कारलाई रोकी कारमा सवार चालक समेत ३ जनालाई प्रहरीले नियन्त्रणमा लिई गाडीमा खोजतलास गर्दा बहुमूल्य गरगहना बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुनका गरगहना ६३.८९८ तोला र हिराजडित गरगहना २२.८७८ तोला बरामद गरिएको र उक्त गरगहनाको अनुमानित मूल्य एक करोड १० लाख बराबरको रहेको छ ।



