काठमाडौं, फागुन १८
सामाजिक सञ्जालमा भाइरल ‘अभियन्ता’ शर्मिला वाइवाले विष सेवन गरेकी छन् ।
उनको हाल वीर अस्पतालमा उपचार भइरहेको छ । काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार वाइवाले बानियाटार स्थित आफ्नै निवासमा हिजो राति विष सेवन गरेकी हुन् ।
उनले विष सेवन गर्नुको कारण खुलेको छैन । निकट स्रोतका अनुसार केही समयदेखि उनी डिप्रेसनमा छिन् । पत्रकार ऋषि धमलासँग नाम जोडिएर उनी विवादमा आएकी थिइन् ।



