१८ फागुन, काठमाडौं
राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले निर्वाचित भएमा संविधानको परिधिमा रहेर राष्ट्रपतिको भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् ।
सत्ता गठबन्धनका ८ दलका संघीय सांसदहरुको काठमाडौंमा भएको भेलामा पौडेलले विगतका राष्ट्रपतिबाट भएका गल्ती कमिकमजोरीलाई आफूलाई नदोहोर्याउने प्रतिवद्धता जनाएका हुन् ।
भेलामा ८ दलका शीर्ष नेताहरूले पौडेललाई राष्ट्रपतिमा समर्थन गर्नु परेको कारणबारे आफ्ना सांसदहरूलाई जानकारी गराइरहेका छन् ।



