रेशमसँग रामचन्द्रको १५ मिनेट

images
  • 91
    SHARES
  • फाल्गुण १८, २०७९ बिहीबार
    रेशमसँग रामचन्द्रको १५ मिनेट
    images

    १८ फागनु, काठमाडौं 

    उसो त नागरिक उन्मुक्ति पार्टी आठदलीय नयाँ गठबन्धनमा सामेल छँदैछ । अनि पार्टी अध्यक्ष रन्जिता श्रेष्ठसँग सबै शीर्ष नेताहरुको कुरा भइरहन्छ ।

    तर राष्ट्रपति प्रत्याशी रामचन्द्र पौडेललाई नाउपाका संरक्षक रेशम चौधरी भेट्ने मन भयो । उनी आज पुगे डिल्लीबजार कारागार ।‘राष्ट्रपति उठेको थाहा पाइहाल्नुभयो, सकेको वातावरण बनाइदिनुपर्‍यो,’ पौडेलले चौधरीलाई भने ।

    पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीका अनुसार चौधरीले आफूलाई भेट्न जेलसम्मै आइदिएकामा पौडेललाई धन्यवाद दिए ।

    ‘तपाईंजस्तो सम्मानित व्यक्तित्वलाई राष्ट्रपति उम्मेदवार पायौं,’ चौधरीको भनाइ उद्धृत गर्दै अधिकारीले सुनाए, ‘हाम्रो साथ हुन्छ ।’

    कांग्रेस वरिष्ठ नेता पौडेलले २५ फागुनमा एमालेका उपाध्यक्ष सुवास नेम्बाङसँग प्रतिष्पर्धा गर्नुपर्ने छ । बलियो गठबन्धनको साथ पाएका पौडेललाई चुनाव जित्न तुलनात्मक सहजता छ । यति हुँदाहुँदै पनि शिष्टाचारका लागि समेत उनी रेशम भेट्न जेल पुगेको उनको टिमले जानकारी दियो ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend