राप्रपालाई भेटेर एमालेले माग्यो राष्ट्रपतिमा मत

images
  • 108
    SHARES
  • फाल्गुण १८, २०७९ बिहीबार
    राप्रपालाई भेटेर एमालेले माग्यो राष्ट्रपतिमा मत
    images

    १८ फागुन, काठमाडौं

    नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार रहेका नेता सुवासचन्द्र नेम्वाङले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटेर मत मागेका छन् ।

    एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङले बिहीबार पार्टीका नेताहरुसहित राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेर लिङ्देनसँग मत मागेका हुन् ।

    नेम्वाङ एमाले नेताहरु पृथ्वीसुब्बा गुरुङ, योगेशकुमार भट्टराई, रघुविर महासेठ, विद्या भट्टराई, गणेश पहाडी र ठाकुर गैरे लगायतका नेताहरुसहित राप्रपा कार्यालयमा पुगेका थिए । भेटघाटमा राप्रपाको तर्फबाट अध्यक्ष लिङ्देनसँगै नेताहरु डा. प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, धवलशमशेर राणा लगायत सहभागी थिए ।

    भेटपछि राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले सौहाद्र्धपूर्ण तरिकाले कुराकानी भएको बताए । उनले राष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा फागुन २४ गते बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्ने बताए ।

    एमाले सांसद विद्या भट्टराईले एमालेको उम्मेदवार नेम्वाङप्रति राप्रपा नेताहरुको सकारात्मक र सद्भावपूर्ण धारणा रहेको उल्लेख गरिन् । उनले एमालेसँग राप्रपाको विगतदेखि नै सहकार्य हुँदै आएको भन्दै आगामी दिनमा पनि सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरिन् ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend