एसईईको रजिष्ट्रेसन फारम खुल्यो, पनिकाले भन्यो– विद्यार्थीको विवरण राम्रोसँग जाँच गर्नू

images
  • 162
    SHARES
  • फाल्गुण १९, २०७९ शुक्रबार
    एसईईको रजिष्ट्रेसन फारम खुल्यो, पनिकाले भन्यो– विद्यार्थीको विवरण राम्रोसँग जाँच गर्नू
    images

    काठमाडौं, फागुन १९

    राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलय कक्षा १० ले कक्षा ९ को रजिष्ट्रेसन फाराम खुला गरेको छ । कार्यालयले विद्यालयलाई विद्यार्थीको फाराम भर्दा पछिसम्म फरक नपर्ने गरी फाराम भर्न÷भराउन अनुरोध गरेको छ ।

     
    पनिकाले भनेको छ ‘विद्यालयहरुले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नाम, थर, जन्ममिति, आमा, बाबुको नाम ठीकसँग भरेरनभरेको रुजु गर्ने, गराउने र पछिसम्म फरक नपर्ने गरी प्रमाणित गर्ने ।’
    धेरै विद्यार्थीहरु शैक्षिक प्रमाणपत्रमा नाम, थर, जन्ममिति, आमा, बाबुको नाम गलत भएको भन्दै सच्याउन आउने गरेकाले अगाडि नै सचेत गराएको बोर्डले जनाएको छ ।

    शैक्षिक सत्र २०७९ मा कक्षा ९ मा साधारण, परम्परागत संस्कृत/ वेदविद्याश्रम/ गुरुकुल/ मदर्सा/ गोन्पा र प्रविधिक धारतर्फ नियमित रुपमा अध्ययनरत विद्यार्थीहरुले २०८० सालको नियमित माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सहभागी हुनको लागि फारम भर्नुपर्नेछ ।

    फाराम आजदेखि चैत मसान्तसम्म नियमित शुल्क र २०८० सालको बैशाख १५ गतेसम्म दोब्बर शुल्कमा भर्न भराउन सक्नेछन् ।

    पनिकाको अनुसार अक्षराङ्कन पद्धतिबाट कक्षा ८ पूरा गरेको वा सो सरहको वार्षिक परीक्षामा उत्तीर्ण भएकाले फाराम भर्न सक्नेछन् ।

    २०७२ देखि २०७७ सालसम्मका विद्यार्थीले अनिवार्य विषयमा न्यूनतम डीप्लस ग्रेड र २०७८ सालमा न्यूनतम डी ग्रेड प्राप्त गरेको ग्रेटसिट र जन्मदर्ता प्रमाणपत्र बुझाउनुपर्ने छ ।

     

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend