उपत्यकामा चोरीको घटना बृद्धि, लाखौं रकम कोठाबाटै चोरी

images
  • 161
    SHARES
  • फाल्गुण १९, २०७९ शुक्रबार
    उपत्यकामा चोरीको घटना बृद्धि, लाखौं रकम कोठाबाटै चोरी
    images

    काठमाडाैं

    काठमाडौं उपत्यकामा चोरीको घटनामा बृद्धि भएको छ । प्रहरीका अनुसार आजभोलि सो घटनामा बृद्धि भए पनि नियन्त्रणको प्रयास जारी रहेको छ ।

    काठमाण्डौं महानगरपालिका –३२ पेप्सीकोला डेरागरी बस्ने रामेछाप मन्थली नगरपालिका –९ घर भएकी २९ वर्षीया दिपिका रोयलको कोठाबाट नगद २५ हजार रुपैयाँ, सुन तथा चाँदिको विभिन्न गहना, ल्यापटप गरी करिब ३ लाख २३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

    त्यस्तै, भक्तपुरको मध्पपुर ठिमी नगरपालिका–९ निकोसेरा चोक डेरागरी बस्ने रामेछाप सुनापती गाउँपालिका –४ घर भएका ४४ वर्षीय खडगबहादुर श्रेष्ठको कोठाबाट नगद ३ लाख ५० हजार रुपैयाँ हिजो साँझ चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ । 

       

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend