रबिन दाहाल,काठमाडौ
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भन्दै दबाब समूह बनाउनु गलत भएको बताएका छन्। शुक्रबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले पछिल्लो समय बैंकको ब्याजदर, लघुवित्त संस्थाका कर्मचारीमाथि कालोमोसो दल्ने, समूह बनाउने कामले समाज विभाजित गर्ने बताएका हुन्।
उनले व्यवसायीहरुले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा दबाबसमूह बनाइ कालोमोसो दल्ने दस्ता बनाउँदैमा नतिरे पनि हुन्छ भन्ने परिकल्पना नगर्न चेतावनी दिए।



