लघुवित्त संस्था र लघुवित्तका ऋणिबाट भएको कमिकजोरी सुधार गरी यसरी मजबुद गर्न सकिन्छ लघुवित्त :लेख

images
  • 220
    SHARES
  • फाल्गुण १९, २०७९ शुक्रबार
    लघुवित्त संस्था र लघुवित्तका ऋणिबाट भएको कमिकजोरी सुधार गरी यसरी मजबुद गर्न सकिन्छ लघुवित्त :लेख
    images

    रबिन दाहाल,काठमाडौं

    हाल देशमा भैरहेको आर्थिक मन्दीको सबैभन्दा वढी नकारात्मक प्रभाव सबै भन्दा धेरै लघुवित्त क्षेत्रमा परेको छ । जुनकुरा हाल लघुवित्त कार्यक्रमका विरुद्ध हाल गरिरहेको आन्दोलनले प्रष्ट पारेको छ । असल नियतका साथ बि.स. २०४९ सालबाट देशको ग्रामिण क्षेत्रको अर्थिक र सामाजिक उन्नतिको लागि संचालन भएको लघुवित्त कार्यक्रमका बिरुद्ध सदस्यहरु नै आन्दोलन गर्नु परेको अवस्था निश्चय पनि दुखद छ ।

    यो अवस्था आउनुमा मुख्यत एउटै सदस्यलाई धेरै लघुवित्त वित्तीय संस्थाहरुले ऋण दिई सदस्य माथि भएको अधिक ऋणभार, केही ऋणि सदस्यहरुले लिएको कर्जा दुरुपयोग गर्नु,लघुवित्त वित्तीय संस्थाहरुको उच्च पारदर्शिताको कमी र सदस्यहरुलाई बाहिरी ब्यक्तिहरुबाट लघुवित्तको विषयमा पर्न गएको भ्रम नै हो । केहि नीतिगत कमजोरी, पुंजीवादको गलत अभ्यास तथा “क”, “ख” “ग” वर्गमा लगानी गर्न नपाएका लगानीकर्ताहरुका “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरु जसले विपन्न बर्गका महिलाहरुलाई वित्तीय सेवा दिईरहेका छन् । ति संस्थाहरुमा प्रवेश हुनु र ग्रामिण महिलाहरुमा वित्तीय साक्षरताको कमीको कारणले हालका लघुवित्तका ऋणिहरु कर्जाको भारमा छन । लघुवित्त संस्थाहरुले ऋण लगानी पूर्व पर्याप्त वित्तीय साक्षरता दिन नसक्नु नेपाल सरकार, नियमनकारी निकायको समेत कमजोरी रहेको छ । अहिलेको सदस्यहरुको आन्दोलनले लघुवित्त कार्यक्रममा वित्तीय साक्षरता र लघुवित्तमा थप पारदर्शिता अनि ग्राहक संरक्षणको महत्व राम्रैसंग बुझाएको छ अब पनि नीति निर्माता, नियामक निकाय , सेवा प्रदायक लघुवित्त वित्तीय संस्थाहरु तथा यसमा प्रत्यक्ष रुपमा संलग्न लघुवित्त संस्थाहरुका व्यवस्थापकहरु र फिल्डमा काम गर्ने कर्मचारीहरुले बुक्ष्न जरुरी छ ।

    यो काम नीति निर्माताहरु र नियामक निकायले गर्नु पर्ने थियो जुन काम आज लघुवित्तमा आबद्ध सदस्यहरुले गरिराखेका छन। लघुवित्त कार्यक्रमले विगत २० वर्षमा नेपाल जस्तो विकासोन्मुख देशमा लाखौ महिलाहरुको सशक्तिकरणमा पुर्याएको योगदान यसमा गहिरिएर अध्ययन गर्ने कसैले पनि नकार्न सक्दैन होला यद्यपि यस विषयमा अध्ययन अनुसन्धान गरी सो कुरा समाजलाई वुझाउन नसक्नु लघुवित्त क्षेत्रमा लाग्नेहरुको कमजोरि पक्कै हो । देशको अर्थिक समाजिक उन्नतिको लागि लघुवित्त कार्यक्रमले विनाधितो समुह जमानीमा सदस्यहरुको घर दैलोमा उनिहरुको पेशा र व्यवसायलाई आवश्यक सानो सानो ऋण दिने, वचत गर्ने वानी वसाउने तथा सदस्यका सन्ततिलाई शिक्षित वनाउनु पर्छ भन्ने भावना जगाउने कार्य गरेका छन ।

    विपन्न महिलाहरु र महिलनाहरुको परिवारले कुनै व्यापार व्यवसाय गर्न र आफ्नो सीपको विकास गरी आय आर्जन गर्न साहुकारहरुको दैलोमा पुगी चर्को व्याज ६० प्रतिसत सम्म ऋणको लागि हात पसार्नु पर्ने कुराको अत्य गरेको कसैले नकान सक्दैन । ऋणको उचित सदुपयोग गरी सदस्य आफु र सदस्यका धेरै साथीहरुले गरेको आर्थिक उन्नति, सम्पत्तिमा वृद्धि, जीवनस्तरमा सुधार, परिवारको पोषणमा सुधार, व्यक्तिगत सशक्तिकरण मार्फत परिवार तथा समाजमा महिलाको भूमिकामा वृद्धि भएको लघुवित्त कै कारण त होला । लघुवित्त कार्यक्रममा समावेश भै आर्थिक सामाजिक सशक्तिकरण कै कारण संसद, नगरपालीका, गाउँ पालिका लगायत समाज परिचालनका विभिन्न आर्थिक, सामाजिक र राजनैतिक संस्थाहरुमा महिलाहरुको भूमिका वृद्धि भएको पनि लघुवित्तका कारण नै होला। वाणिज्य बैंकहरुले नपत्याएका अनि वास्तै नगरेका र धितो नभएका लाखौ विपन्न महिलाहरुलाई घर दैलोमा पुगी वचत र ऋण कारोवार तथा आजकल त वित्तीय कारोवारको लागि डिजिटल माध्यमको समेत प्रयोग गरी महिलाहरुमा वित्तीय कारोवारको सचेतनामा केहि वृद्धि गर्ने काम पनि लघुवित्तले गरेका छन।

    साथै, विपन्न महिलाहरुको वचत गर्ने वानी विकास भै सानो सानो वचतले ग्रामिण क्षेत्रमा ठूलै पूंजी परिचालन भएका छन । ग्रामीण अर्थतन्त्र चलायमान वनाउन गरेको योगदान लघुवित्तको पनि योग्दान छ । लघुवित्त कार्यक्रमका धेरै सकारात्मक कुरा हुंदा हुंदै पनि लघुवित्त कार्यक्रमका केही कमजोरीहरु खासगरी ऋणको अधिकभार, लघुवित्त वित्तीय संस्थाहरुको असाध्य नाफामुखी कार्यक्रम विस्तार तथा उच्च पारर्शिताको अभाव तथा हाल देशमा देखिएको आर्थिक मन्दीका कारण कर्जा प्रवाह भएका सदस्यहरुको पनि व्यापार व्यवसाय संचालनमा कमी आई तथा मन्दी कै सदस्यहरुकोपरिवारका सदस्यहरुको रोजगारी गुमरे उनिहरु कै जीवन यापन गर्न र ऋणको किस्ता तिर्न चुनौती भएको होला ।

     

    हालको अवस्थामा लघुवित्त वित्तीय संस्था, यस्ता वित्तीय संस्थाका संगठित संस्थाहरु, नियामक निकाय नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयसंग अनुरोध गरी मर्का परेका समुहका सदस्यहरुको पहिचान लघुवित्त ले नै गरी ऋणको पुनरतालिकीकरण र ऋण तिर्न केही समयको ग्रेस अवधि दिई कर्जाको व्यवस्थान गर्ने र लघुवित्तमा आवद्ध सदस्यहरुलाई परेका अन्य मर्का र एक सेवाग्राहीको रुपमा सदस्यहरुले पाउनु पर्ने र लघुवित्त क्षेत्रमा गर्नु पर्ने सुधारका लागि एक उच्चस्तरिय कार्यदलको गठन गरी उक्त कार्यदलको प्रतिवेदन अनुसार लघुवित्त क्षेत्रलाई थप मजवुत र विकास गरी महिलाहरुले पनि देशको आर्थिक सामाजिक विकासलाई टेवा पुर्याउन लघुवित्त क्षेत्रमा सम्वद्ध सवैले सहयोग गर्न सके मात्र लघुवित्त क्षेत्र मजबुद होला। अन्यथा, हालका लघुवित्तका सदस्यहरुलाई प्रयोग गरी संस्थाहरुको सेवा कुनै कारणवस अवरुद्ध वा स्थगन भएमा वित्तीय सेवा नपाएर पहिलो समस्यामा नै लघुवित्तका सदस्यहरु पर्नेछन । नेपाल सरकारले कार्यदल वनाई कार्यदलको प्रतिवेदनको आधारमा यस क्षेत्रको विकास गर्न र लघुवित्त क्षेत्रलाई थप संस्थागत गरी लघुवित्त सेवा देशको आर्थिक सामाजिक विकासका लागि एउटा आधारभुत माध्यम बनाउन सकिन्छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend