सरकारले दूधको मूल्य ९ रुपैयाँ बढाइयो, अब लिटरकै ६५ रुपैयाँ ५० पैसा

images
  • 153
    SHARES
  • फाल्गुण १९, २०७९ शुक्रबार
    सरकारले दूधको मूल्य ९ रुपैयाँ बढाइयो, अब लिटरकै ६५ रुपैयाँ ५० पैसा
    images

    रबिन दाहाल,काठमाडौ

    सरकारले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाउने निर्णय गरेको हो । शुक्रबारको मन्त्रिपरिषद् बैठकले दुधको मूल्य बढाउने निर्णय गरेको हो । हाल दुधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ ५ पैसा छ । अब दुधको मूल्य प्रतिलिटर ६५ रुपैयाँ ५ रुपैयाँ पुगेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउन भनेको थियो । गत महिना कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा दुग्ध विकास बोर्डले लागत अध्ययन समिति बनाएको थियो ।

    दुग्ध विकास बोर्डका उपकार्यकारी निर्देशक डा. बालक चौधरी नेतृत्वको अध्ययन समितिले फाुगन २ गते मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । राष्ट्रिय दुग्ध विकास बोर्डले प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउन सिफारिस गरेको भएपनि सरकारले भने ९ रुपैयाँले मात्रै मूल्य बढाएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend