सुवासचन्द्र नेम्वाङले महन्थ ठाकुरलाई भेटेर मागे भोट

images
  • 110
    SHARES
  • फाल्गुण १९, २०७९ शुक्रबार
    सुवासचन्द्र नेम्वाङले महन्थ ठाकुरलाई भेटेर मागे भोट
    images

    काठमाडौं, फागुन १९

    नेकपा एमालेबाट राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् । नेम्वाङले आफूलाई राष्ट्रपतिमा मतदान गरेर सहयोग गर्न ठाकुरलाई आग्रह गरेका भेटमा सहभागी लोसपा नेता राजेन्द्र महतोले बताए ।

     
    अध्यक्ष ठाकुरले पार्टीको बैठकबाट निर्णय गर्ने जवाफ दिएका थिए । ‘हामी ८ दलीय गठबन्धनमा सहभागी छौँ । र पनि उहाँले आग्रह गर्नुभएको छ । हाम्रो अध्यक्षले पार्टीको बैठकमा आग्रह गर्छौं, कुरा गर्छौं भन्नुभएको छ’ महतोले भने ।
    भेटपछि नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपतिमा नेम्वाङको उम्मेदवारी न्यायोचित भएकाले लोसपा सकारात्मक भएको दाबी गरे । ‘संविधान, कानून बुझेको, संविधान निर्माणमा नै अग्रसर रहेकाले उहाँ नै उपयुक्त हुनुहुन्छ । बैठक बसेर निर्णय गर्ने कुरा गर्नुभएको छ तर उहाँहरुको प्रतिक्रिया सकारात्मक पाएका छौँ’ भट्टराईले भने ।

     

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend