देवघाट ४ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पद हस्तान्तरण

images
  • 140
    SHARES
  • फाल्गुण २०, २०७९ शनिबार
    देवघाट ४ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पद हस्तान्तरण
    images

    फाल्गुन 

    देवघाट गाउँपालिका वडा नम्बर ५ पिपलटार डण्डावारीमा रहेको देवघाट ४ खानेपानी तथा सरसफाईको तेस्रो अधिवेशन गत फाल्गुन १५ गते सम्पन्न भएको थियोे । सोही खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पद आज एक कार्यक्रम बिच हस्तान्तरण गरिएको छ ।

     

    सो खानेपानीको तेस्रो अधिवेशनबाट अध्यक्ष पदमा विष्णुप्रसाद अधिकारी निर्विरोध चयन भएका थिए । भने अधिकारी दोस्रो कार्यकालको लागि निर्विरोध चयन भएका हुन् । उपभोक्ता समितिका १३ सदस्यीय समिति गठन भएकोमा अध्यक्ष पदमा विष्णुप्रसाद अधिकारी,उपाध्यक्ष पदमा बल बहादुर क्षेत्री, सचिव पदमा भरत आचार्य, कोषाध्यक्ष पदमा इन्द्रमायाँ थापा गरि सदस्यहरू शेर बहादुर थापा, सरिता आले मगर, केश बहादुर गुरूङ, हरिराम काप्री,सुशिला नेपाल,विष्णुहरी न्यौपाने,शान्ति घर्ती,पार्वती चितौरे र कमला देवकोटा लगाएतले पद ग्रहण गरेको थिए

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend