आन्तरिक ऋण उठाउन १५ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैङ्क

images
  • 101
    SHARES
  • फाल्गुण २१, २०७९ आइतबार
    आन्तरिक ऋण उठाउन १५ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैङ्क
    images

    काठमाण्डाै - आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैङ्कले १५ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैङ्कले २८ दिन अवधिका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दैछ ।

    त्यस्तै ९१ दिन अवधिका लागि छ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल तथा १८२ दिन अवधिको सात अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने राष्ट्र बैङ्कले जनाएको छ । यसमध्ये ९१ दिन अवधिको पाँच अर्ब र १८२ दिन अवधिको सात अर्ब नयाँ रहेको छ ।

    जारी  ट्रेजरी  बिल  २८  दिनको  चैत  २१  गते  परिपक्व हुनेछ । ९० दिन अवधिको जेठ २३ गते परिपक्व हुनेछ भने १८२ दिन अवधिको आउँदो भदौ १९ गते परिपक्व हुनेछ । यो ट्रेजरी बिल आज दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुने राष्ट्र बैङ्कले जनाएको छ ।

    बोलकबोलमा बैङ्क तथा वित्तीय संस्था र सर्वसाधारण नागरिक पनि सहभागी हुन सक्ने राष्ट्र बैङ्कले जनाएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend