पीएनजीसँगकाे खेलमा यूएई ९७ रनमै अलआउट

images
  • 131
    SHARES
  • फाल्गुण २१, २०७९ आइतबार
    पीएनजीसँगकाे खेलमा यूएई ९७ रनमै अलआउट
    images

    काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) सँगकाे खेलमा यूएई ९७ रनमै अलआउट भएकाे छ ।

    दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेकाे यूएई २६ ओभर २ बलमा ९७ रनमात्र बनाउन सक्याे । यूएईका लागि वृत्य अरविन्दले सर्वाधिक २० रन बनाए । बलिङतर्फ पीएनजीका रिले हिकुरेले ४ र चाद साेपरले ३ विकेट लिए ।

    याे शृङ्खलामा नेपालले भाेलि साेमवार यूएईसँग र आउँदाे बिहीवार पीएनजीसँग खेल्नेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend