यातायात कार्यालय एकान्तकुनाको सेवा प्रभावित

images
  • 145
    SHARES
  • फाल्गुण २१, २०७९ आइतबार
    यातायात कार्यालय एकान्तकुनाको सेवा प्रभावित
    images

    २१ फागुन, काठमाडौं । 

    यातायात व्यवस्था कार्यालय एकान्तकुनाको सर्भरमा समस्या आउँदा सेवा प्रभावित भएको छ ।

    कार्यालयले आइतबार एक सूचना जारी गर्दै सर्भरमा आएको समस्याका कारण नयाँ लाइसेन्सको प्रक्रिया रोकिएको जनाएको छ । कार्यालयबाट जारी हुने स्मार्ट कार्ड वितरण कार्य भने नरोकिने जनाइएको छ ।

    आइतबारका लागि बायोमेट्रिकका लागि समय तय भएका सेवाग्राहलाई २५ फागुन १० बजे कार्यालयमा सम्पर्क गर्न पनि सूचनामा भनिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend