भोट माग्दै कांग्रेस नेताहरु राप्रपा कार्यालयमा

images
  • 74
    SHARES
  • फाल्गुण २२, २०७९ सोमबार
    भोट माग्दै कांग्रेस नेताहरु राप्रपा कार्यालयमा
    images

    २२ फागुन, काठमाडौं ।

    नेपाली कांग्रेसका नेताहरुले साँझ राप्रपाका नेताहरुलाई भेटेका छन् ।

    राप्रपाको पार्टी कार्यालयमा साँझ ६ बजे कांग्रेस र राप्रपाका नेताहरुबीच भेट भएको हो ।

    भेटमा आसन्न राष्ट्रपति निर्वाचनमा पार्टीका उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्न राप्रपा नेतहरुलाई भेटघाट गरेको एक नेताले बताए ।

    राष्ट्रपति निर्वाचन २५ गते हुँदैछ । कांग्रेसबाट पौडेल र एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend