बालुवामुनि गाडेर राखेको ६० केजी गाँजा बरामद

images
  • 92
    SHARES
  • फाल्गुण २२, २०७९ सोमबार
    बालुवामुनि गाडेर राखेको ६० केजी गाँजा बरामद
    images

    सप्तरी, फागुन २२-

    सप्तरी प्रहरीले बालुवामुनि गाडेर लुकाएर राखेको ६० केजी गाँजा बरामद गरेको छ ।कन्चनरूप प्रहरी टोलीले हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेजभन्दा दक्षिण कोशी बाँधको २ सय मिटर तल बालुवामुनि अवैध रुपमा गाडेर राखेको अवस्थामा गाजा बरामद भएको सप्तरीका एसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् ।

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend