काठमाडौं , फागुन २४
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारले कठोर निर्णय गर्नुपर्ने बताएका छन् । नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको छलफल कार्यक्रमलाई मंगलवार राजधानीमा सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।



