टर्की र सिरियाका भूकम्प पीडितलाई रोनाल्डोले गरे साढे ३ लाख डलर बराबरको सहयोग

images
  • 99
    SHARES
  • फाल्गुण २४, २०७९ बुधबार
    टर्की र सिरियाका भूकम्प पीडितलाई रोनाल्डोले गरे साढे ३ लाख डलर बराबरको सहयोग
    images

    काठमाडौँ, फागुन २४

    फुटबल सुपरस्टार क्रिष्टियानो रोनाल्डोले सिरिया र टर्कीमा हालै आएको महाविनाशकारी भूकम्पका पीडितको सहायताका लागि ठूलो मात्रामा सहयोग गरेका छन् ।

     
    साउदी क्लब अल नासरका लागि खेलिरहेका पोर्चुगिज सुपरस्टारले भूकम्प प्रभावित क्षेत्रका दुः खद दृश्यहरुबाट भावुक हुँदै सहयोग र हेरचाहका लागि थुप्रै सामानहरुले भरिएको विमान त्यस क्षेत्रमा पठाएका छन् ।
    रोनाल्डोले सिरिया र टर्कीमा मानवीय सहायताका लागि टेन्ट, खानेकुरा, लत्ता कपठा, शिशुका लागि खाना र दूध, चिकित्सकीय सामग्री लगायत ३ लाख ५० हजार अमेरिकी डलरबराबरको सरसामान पठाएका हुन् ।

     

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend