एकदिवसीय वरीयतामा नेपाल २ स्थान माथि उक्लियाे

images
  • 132
    SHARES
  • फाल्गुण २४, २०७९ बुधबार
    एकदिवसीय वरीयतामा नेपाल २ स्थान माथि उक्लियाे
    images

    काठमाण्डाै – एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटकाे वरीयतामा नेपालले दुई स्थान सुधार गरेकाे छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधवार सार्वजनिक गरेकाे वरीयतामा नेपालले दुई स्थान सुधार गरेकाे हाे । 

    आईसीसीकाे एकदिवसीय वरीयताअनुसार नेपाल १७ औँ स्थानमा रहेकाे छ । यसअघि नेपाल १९ औँ स्थानमा थियाे । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत पछिल्लाे आठ खेलमध्ये सात खेल जितेकाे नेपाल वरीयतामा दुई स्थान माथि उक्लिएकाे हाे । 

    नेपालभन्दा पछि अमेरिका, यूएई र पपुवा न्युगिनी (पीएनजी) क्रमशः १८ औँ, १९ औँ र २० औँ स्थानमा रहेका छन् । एकदिवसीय वरीयतामा भारत शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया, न्युजिल्यान्ड, इङ्ल्यान्ड र पाकिस्तान क्रमशः दाेस्राे, तेस्राे, चाैथाे र पाँचाैँ नम्बरमा छन् ।

    टी–२० अन्तर्राष्ट्रिय क्रिकेटकाे वरीयतामा भने नेपाल १६ औँ स्थानमा यथावत् छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend