ए डिभिजन लिगमा मनाङले सङ्कटालाई हरायाे

images
  • 128
    SHARES
  • फाल्गुण २४, २०७९ बुधबार
    ए डिभिजन लिगमा मनाङले सङ्कटालाई हरायाे
    images

    काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लबले सङ्कटा क्लबलाई हराएकाे छ । 

    दशरथ रङ्गशालामा भएको खेलमा मनाङले सङ्कटा क्लबलाई एक–शून्य गोलले हराएको हो । मनाङका लागि उज्वेकिस्तानका विङ्गर सेदजामोलले गाेल गरे । मनाङले दुई खेलमा चार अङ्क जोड्दा सङ्कटाले दुई खेलमा एक अङ्क जोडेको छ ।

    आजै भएको अर्को खेलमा सातदोबाटो युथ क्लबले एपीएफ क्लबलाई एक–शून्य गोलले हराएको छ । यस्तै अर्काे खेलमा हिमालयन शेर्पाले नेपाल पुलिस क्लबलाई एक–शून्य गोल अन्तरले हराएकाे छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend