रबिन दाहाल काठमाडौ,
फागुन २५, २०७९ बिहिबार
नेपाल बैंकर्स संघ, (एनबिए) ले बचतको ब्याजदर तथा ब्याजको प्रिमियम दर घटाउने निर्णय गरेको छ । संघको आज बसेको बैठकले बचतको ब्याजदर घटाएर न्युनतम ६ प्रतिशत र अधिकतम ८ प्रतिशत कायम गर्ने निर्णय गरेको संघका एक कार्यसमिति सदस्यले बताए ।
यस अघि बचततर्फको न्युनतम ब्याजदर ६.४२ प्रतिशत र अधिकतम ब्याजदर ८.४२ प्रतिशत थियो। बैठकले ऋणको ब्याजदर निर्धारण गर्दा अधिकतम ५ प्रतिशत मात्र प्रिमियम थप गर्ने निर्णय गरेको छ । यस अघि ६ प्रतिशतसम्म प्रिमियम थप गर्ने गरेका थिए । यस हिसाबमा ऋणको ब्याज अब १४ प्रतिशतभन्दा माथि नजाने देखिन्छ । यी दुवै व्यवस्था चैत्र देखि लागु हुने छ । बैठकले मुद्दती निक्षेपको ब्याजदरमा भने फेरबदल गरेको छैन ।



