सुनको भाउ आज पाँच सय रुपैयाँले घट्यो

images
  • 150
    SHARES
  • फाल्गुण २५, २०७९ बिहीबार
    सुनको भाउ आज पाँच सय रुपैयाँले घट्यो
    images

    काठमाण्डाै - हिजो तोलामा एक हजार रुपैयाँले घटेको सुनको भाउ आज पनि पाँच सय रुपैयाँले घटेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख १ हजार रुपैयाँ तोकिएको छ ।

    हिजो तोलामा १ लाख १ हजार ५ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend