नवनिर्वाचित राष्ट्रपति पौडेललाई सभापति देउवाको बधाई

images
  • 134
    SHARES
  • फाल्गुण २५, २०७९ बिहीबार
    नवनिर्वाचित राष्ट्रपति पौडेललाई सभापति देउवाको बधाई
    images

    काठमाण्डाै – नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिनुभएको छ ।

    राष्ट्रपति चुनावकाे परिणाम सार्वजनिक भएलगतै सामाजिक सञ्जालमार्फत सभापति देउवाले बधाई दिनुभएकाे हाे । उहाँले भन्नुभएको छ, राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई ।

    आज बिहीवार भएको चुनावमा पूर्वसभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल देशको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend