देवघाटमा एक करोड लागतमा सार्वजनिक पुस्तकालय भवन बन्दै

images
  • 143
    SHARES
  • फाल्गुण २५, २०७९ बिहीबार
    देवघाटमा एक करोड लागतमा सार्वजनिक पुस्तकालय भवन बन्दै
    images
     
    करिस्मा गुरुङ
    देवघाट तनहुँ : फाल्गुन २५
    देवताहरूको तपोभुमि पवित्र तिर्थस्थलको रूपमा विश्वमै परिचित क्षेत्र देवघाटमा सार्वजनिक पुस्तकालय बन्ने भएको छ । जुन पुस्तकालयको स्थापना २०६३ साल असार १२ गते भएको थियोे र अहिले १७ वर्ष भैसकेको छ ।334948995_131989473140839_8403826579152957827_n.jpg
     
    सोही पुस्तकालयको भवन अहिले अनुमानित १ करोड रूपैयाँ लागतमा १ वर्षको अबधिभरमा निर्माण कार्य सम्पन्न हुने भएको छ । उक्त पुस्तकालयको भवन २५/४० को क्षेत्रफलमा बन्ने गरि आज शिलान्यास भएको छ ।
    335009115_752014193003854_3078595428932706053_n.jpg
     
    भवन निर्माणको लागि हाल देवघाट गाउँपालिकाबाट १० लाख देवघाट क्षेत्र बिकास समितिबाट २ लाख गरि जम्मा १२ लाख रूपैयाँ रकम रहेको छ । सो भवन गलेश्वर आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी,नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर संन्यास आश्रम देवघाटधामका पीठाधीश स्वामी ज्ञानानन्द सरस्वती,महेश संन्यास आश्रम देवघाटधामका पीठाधीश स्वामी रमणानन्द गिरि,श्री निवास भागवत आश्रम देवघाटका प्रमुख डा. स्वामी चक्रपाणि आचार्य र देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाद्वारा संयुक्त रूपमा शिलान्यास भएको छ ।334967327_560183912749921_5927293501160324074_n.jpg
     
     
     
    सोहि समारोहमा गलेश्वर आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले देवघाट सार्वजनिक पुस्तकालयको शिलान्यास गरियो अब यस भवनलाई निर्माणको निम्ति सबैले हातेमालो गर्नुपर्ने बताए । सार्वजनिक पुस्तकालय देवघाटको महत्त्वपूर्ण चिनारी हो यसलाई हुर्काउनु बढाउनु सबैको दायित्व रहनेछ भन्दै निर्माण कार्यमा सबैले सहयोग गर्नु आवश्यक छ भने ।
    335300222_6076133252465352_9215850359401938925_n.jpg
     
     
    देवघाट सार्वजनिक पुस्तकालय १७ वर्ष आइपुग्दा धेरै संघर्ष पार गरेर आएको छ । २०६३ सालमा तात्कालिन पुस्तकालयका अध्यक्ष डाक्टर गुरु प्रसाद सुवेदी र तात्कालिन कार्यकारी निर्देशक शिवदत्त ढकाल रहदा देवघाट एउटा सार्वजनिक पुस्तकालयको आवश्यक छ भन्ने समितिको छलफल पश्चात् विधान निर्माण गर्नुका साथै घरमा रहेका केही पुस्तकहरू ल्याएर एउटा र्‍याक भन्ने कामबाट आजबाट देवघाटमा पुस्तकालयको स्थापना भयो भन्ने संकेतबाट सुभारम्भ भएको आज भवन शिलान्यास समारोह कार्यक्रममा देवघाट सार्वजनिक पुस्तकालयका अध्यक्ष शिवराज पौडेलले बताए । झन्डै दुई दशकसम्म आइपुग्दा देवघाटमा पुस्तकालयको महत्त्व धेरै रहेको बताउदैँ परिचित स्थल देवघाटमा एक चिनारीको रूपमा सार्वजनिक पुस्तकालय निर्माण हुने जानकारी गराए । पुस्तकालय भवनको आकार ग्राउन्ड फ्लर, फस्ट फ्लर, सेकेन्ड फ्लर त्यसपछि टिनको छत रहने ग्राउन्ड फ्लरमा सेािनार,गोष्ठी र अन्तरक्रिया गर्न मिल्ने खालको आकार रहनेछ भने परम्परा झल्किने खालको पुस्तकालय निर्माण गर्न लागेको पौडेलले बताए । पुस्तकालय ज्ञानको भण्डारका साथै एउटा सूचनाको माध्यम हो अहिलेसम्म तथ्यांकमा हेर्दा देवघाट सार्वजनिक पुस्तकालय ३० हजार भन्दा बढिले मानिसहरूले उपयोग र सेवा लिइसकेको छ । पछिल्लो समयमा पुस्तकालयको अति महत्त्वपूर्ण ३/४ सय पुस्तक धमिराले नष्ट भएको छ जसलाई प्राप्त गर्न र उपयोग गर्न नसकिने भएपछि तत्काल नेपाल रेडक्रस सोसाइटी देवघाट शाखाको समन्वयमा सोही रेडक्रसको भवनमा एक वर्षको लागि सम्झौता गरेर पुस्तकालय सञ्चालन भैरहेको अध्यक्ष पौडेलले जानकारी गराए । अहिले पुस्तकालय निर्माणको लागि स्थानिय तहका सबै प्रतिनिधिहरू सकारात्मक रहेको हुदाँ यसै विषयलाई लिएर मुख्यमन्त्री देखि लिएर सामाजिक विकास मन्त्री सम्म भेट्न पुग्न सजिलो रहेको बताउदै अब देवघाट गाउँपालिका भित्रका सम्पूर्ण शिक्षकहरूलाई जोड्ने, सबै विद्यार्थीहरूलाई पुस्तकालयका पाठक सदस्य बनाउने र सबै संघसंस्थालाई सदस्य बनाउन एउटा अभियान चलाउने प्रयत्न गरिरहेको बताउदै पुस्तकालय निर्माणमा जस्ले जति सक्छ तेति नै सहयोग गर्न अनुरोध गर्दै आफ्नो तर्फबाट जग लगाउन २० बोह्रा ओपिसि सिमेन्ट उपलव्ध गराउने प्रतिवद्वता गरे । समारोहमा देवघाटमा पुस्तकालयलाई अगाडि बढाउन त्यही पुरानो पुस्तकालयको भवनलाई केन्द्रमा राखि सन्तमहात्माहरू,स्थानिय नजप्रतिनिधि,विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरूको सहभागितामा शिलान्यास सम्पन्न भएको थियोे । उक्त सार्वजनिक पुस्तकालयको आजीवन सदस्यता शिक्षक अर्जुन प्रसाद पाण्डेय र माधव प्रसाद उपाध्यायले बन्नु भएको छ ।334956284_1138703873471893_6914029638139939518_n.jpg334965370_1433315230809502_5419274891199289194_n.jpg334946931_728252815457244_7517744653909003394_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend