सरकारले दर्ता गर्‍याे बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपणसम्बन्धी विधेयक

images
  • 93
    SHARES
  • फाल्गुण २५, २०७९ बिहीबार
    सरकारले दर्ता गर्‍याे बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपणसम्बन्धी विधेयक
    images

    काठमाण्डाै – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद् सचिवालयमा दर्ता गरेको छ । 

    सरकारले आज बिहीवार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सङ्घीय संसद् सचिवालयमा दर्ता गरेको हो । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले दर्ता भएकाे विधेयक सङ्क्रमणकालीन न्यायलाई व्यवस्थापन गर्नका लागि बनेको स्पष्ट पार्नुभयो ।

    मन्त्रिपरिषद्को आजै बिहीवार बसेको बैठकले विधेयकलाई संसदमा दर्ता गर्ने निर्णय गरेको थियो । सहायक प्रवक्ता धमलाले विधेयक दर्ता भएको दुई दिनभित्रमा प्रतिनिधि सभाका सबै सदस्यहरूलाई वितरण हुने जानकारी गराउनुभयो । उहाँले विधेयक दर्ता भएको पाँच दिनपछि बस्ने जुनकुनै संसद् बैठकमा पेस हुने उल्लेख गर्नुभयो । 

    सचिवालयमा दर्ता भएको विधेयक संसदमा अगाडि बढाउने विषय राजनीतिक विषय भएको उल्लेख गर्दै उहाँले सभामुखले राजनीतिक दलहरूसँग छलफल गरी आउँदा दिनमा प्रतिनिधि सभाको बैठकमा पेस हुने बताउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend