उपराष्ट्रपति चयनका लागि भोलि मनोनयन दर्ता

images
  • 132
    SHARES
  • फाल्गुण २६, २०७९ शुक्रबार
    उपराष्ट्रपति चयनका लागि भोलि मनोनयन दर्ता
    images

    काठमाण्डाै - 

    राष्ट्रपतिको चुनाव सकिएलगत्तै उपराष्ट्रपति चयनका लागि भोलि मनोनयन दर्ताको कार्यक्रम तय भएको छ । पर्सि आइतवार अन्तिम नामावली प्रकाशन गर्ने र आउँदो चैत ३ गते मतदान गर्ने कार्यतालिका छ । चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    संविधानको धारा ६३ को उपधारा १ मा राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने व्यवस्था छ । संविधानमा उपराष्ट्रपतिको कार्यकाल पनि राष्ट्रपतिको सरह हुने व्यवस्था छ । यसअनुसार उपराष्ट्रपति नन्दबहादुर पुनको पाँच वर्षको कार्यकाल आउँदो चैत ३ मा सकिँदैछ । उहाँ ०७४ चैत ४ मा उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

    सत्तारुढ गठबन्धनका दलबीचमा उपराष्ट्रपति जसपाले पाउने सहमति छ । सहमति अनुसार जसपाले उपराष्ट्रपतिमा संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रपतिमा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उठाएको नेकपा एमालेले उपराष्ट्रपति पदमा उठाउने या नउठाउने निर्णय गरिसकेको छैन ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend