आजबाट ‘द भ्वाइस किड्स नेपाल सिजन–२’ सुरु

images
  • 145
    SHARES
  • फाल्गुण २६, २०७९ शुक्रबार
    आजबाट ‘द भ्वाइस किड्स नेपाल सिजन–२’ सुरु
    images

    काठमाडौँ । रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन–२’ को प्रसारण आज (शुक्रबार) देखि हुने भएको छ । निर्माण युनिटले बिहिबार बानेश्वरस्थित वान सिनेमाज् हलमा शोको पहिलो एपिसोड प्रिमियर गर्दै प्रचारको बिषयमा जानकारी दिएको हो ।

     

    अघिल्लो भन्दा यो सिजन अझै राम्रो बनाउने प्रयास गरिएको शोका निर्देशक लक्ष्मण पौडेलले बताए । शोका कोच प्रमोद खरेल र प्रस्तोता सुशिल नेपाल समेत प्रिमिएरमा सहभागी थिए । यो सिजनमा सुशान्त केसी कोचको रुपमा भित्रिएका छन् । उनी भित्रिएसँगै प्रमोद, सुशान्त, प्रविशा अधिकारी र मिलन नेवार गरेर शोमा ४ कोच भएका छन् ।कार्यक्रम हिमालय टेलिभिजनबाट शुक्रबार र शनिबार राति ८ बजेदेखि प्रसारण हुनेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend