पीएनजीले यूएईलाई दियाे २ सय ४७ रनकाे लक्ष्य, ३ ब्याटरकाे अर्धशतक

images
  • 99
    SHARES
  • फाल्गुण २६, २०७९ शुक्रबार
    पीएनजीले यूएईलाई दियाे २ सय ४७ रनकाे लक्ष्य, ३ ब्याटरकाे अर्धशतक
    images

    काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ क्रिकेटअन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्यु गिनी (पीएनजी) ले यूएईलाई २ सय ४७ रनकाे लक्ष्य दिएकाे छ । 

    त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४६ रन बनायाे । पीएनजीका लागि सेसे बाउले नटआउट ८१, हिरी हिरीले ७७ र किप्लिन डाेरिगाले ५५ रन बनाए । बलिङतर्फ यूएईका लागि आयन अफजल खानले ३ तथा जुनैद सिद्दिकी र जहूर खानले २/२ विकेट लिए ।

    शृङ्खलामा घरेलु टोली नेपालसहित यूएई र पीएनजी रहेका छन् । नेपालले आइतवार यूएईसँग, सोमवार पीएनजीसँग र अन्तिम खेल आउँदो बिहीवार यूएईसँग खेल्नेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend