५ डीआईजीलाई एआईजी बनाउन सिफारिस

images
  • 122
    SHARES
  • फाल्गुण २६, २०७९ शुक्रबार
    ५ डीआईजीलाई एआईजी बनाउन सिफारिस
    images

    काठमाण्डाै – गृह मन्त्रालयको बढुवा समितिले पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

    आज बसेको बढुवा सिफारिस समिति बैठकले जदपद प्रहरी समूहतर्फका प्रहरी नायब महानिरीक्षकहरूलाई प्रहरी अतिरित्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले जानकारी दिनुभयो ।

    डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको उहाँले जानकारी दिनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend