काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगमा नवप्रवेशी चर्च ब्वाइज युनाइटेडले लगातार तेस्राे जित निकालेकाे छ ।
आज शुक्रवार दशरथ रङ्गशालामा भएकाे खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई १–० गाेल अन्तरले हरायाे । हिमालयन शेर्पाका लागि आशिष चाैधरीले गाेल गरे ।
याे जितसँगै चर्च ब्वाइज ३ खेलमा ९ अङ्कसहित तालिककाे शीर्ष स्थानमा छ । हिमालयन शेर्पा ३ खेलमा ४ अङ्कसहित तालिकाकाे साताैँ स्थानमा छ ।
लिगमा आजदेखि तेस्राे चरणका खेलहरू सुरु भएकाे हाे । यस सिजनको ए डिभिजन लिग डबल राउन्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।



