देवघाट गाउँपालिकाद्वारा महिला संञ्जालका पदाधिकारीहरुका लागि नेतृत्व विकास तालिम

images
  • 144
    SHARES
  • फाल्गुण २६, २०७९ शुक्रबार
    देवघाट गाउँपालिकाद्वारा महिला संञ्जालका पदाधिकारीहरुका लागि नेतृत्व विकास तालिम
    images
    करिस्मा गुरुङ
    देवघाट तनहुँ:फागुन २६
     
    तनहुँको देवघाट गाउँपालिका सिटीहलमा पालिका स्तरीय महिला संञ्जालका पदाधिकारीका लागि नेतृत्व विकास तथा क्षमता विकास तालिम सञ्चालन गरेको छ ।332929380_2655652187907796_6593817500337265016_n.jpg
     
    वडा तथा गाउँपालिका स्तरीय रहेका महिला संञ्जालका पदाधिकारीहरूको क्षमता वृद्धि गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले बताए । महिला दिदिबहिनीहरूलाई सशक्तीकरण गर्दै समुदायमा अगाडी बढाउन आफु लागि परेको बताए ।332960350_668944345031530_4551818136105096362_n.jpg
     
     
    फाल्गुन २५ गतेबाट सुरू भएको तालिमको दोस्रो दिन आज देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले लैङ्गकिता, समता र समानताका विषयमा प्रशिक्षण दिनु भएको थियोे । त्यस्तै गरि देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले पुनरावलोकन, महिला क्षमता विकास र समावेशी विकास सम्बन्धित विषयमा प्रशिक्षण दिनु भएको थियोे ।332933913_601949528102865_1744490560446818953_n.jpg
     
     
    लागु औषध दुर्यसनी र महिला हिंसाका घटना न्यूनीकरणमा महिलाको भूमिका विषयमा देवघाट ईलाका प्रहरी कार्यालयको तर्फबाट प्रहरी सायक निरीक्षक बोधनारायण श्रेष्ठ,ट्राफिक सचेतताको बिषयमा बुद्धिराज महोतो,महिला विकासमा महिला विकास शाखाको भुमिका विषयमा देवघाट गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुभद्रा भट्टराईले प्रशिक्षण दिएका थिए334370983_742539464119289_5664177423166718893_n.jpg
     
    भने महिला उपर हुने सबै प्रकारका भेदभाव उन्मुक्त सम्बन्धि महासन्ध ( सिइडिक्युडव्लु) का मुख्य प्रावधान सम्बन्धि विषयमा अधिवक्ता रोशनी पन्त र उद्घोषणकला अभ्यास विषयमा बिहानी मिडियाका अध्यक्ष आशिक रानाले प्रशिक्षण दिनु भएको थियोे । सो तिन दिने तालिम यहीँ मिति २०७९ साल फाल्गुन २५ गते सुरू भई भोलि २७ गते समापन हुने छ।333929063_218599627372122_8792575222844500863_n.jpg
     
     
     
     
     
     
     
     
     
     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend