करिस्मा गुरुङ
देवघाट तनहुँ:फागुन २७
तनहुँको देवघाट गाउँपालिकामा पालिका स्तरीय महिला संञ्जाका पदाधिकारीका लागि तिन दिने नेतृत्व विकास तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । वडा तथा गाउँपालिका स्तरीय रहेका महिला संजालका पदाधिकारीहरूको नेतृत्व तथा क्षमता विकास गर्ने उद्वेश्यले तालिमको आयोजना गरिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले बताए ।
महिला दिदिब
हिनीहरूलाई नेतृत्व गर्ने स्थानमा ल्याउनुका साथै उनिहरूको क्षमता विकासमा टेवा पुर्याउन सक्नु तालिमको उद्वेश्य रहेको अध्यक्ष थापाले बताए । सुरूको दिनहरूमा जस्तै तालिमको अन्तिम दिन आज देवघाट गाउँपालिका लेखा शाखा प्रमुख उमानाथ ढकाले नेतृत्व भनेको के हो ? नेतृत्वशैली र नेतृत्वमा हुनुपर्ने गुणहरूको विषयमा प्रशिक्षण दिनु भएको थियोे भने देवघाट गाउँपालिका प्रशासन शाखा प्रमुख गोविन्द पौडेलले सेवा प्रवाहमा सुशासन र पारदर्शिताको विषयमा प्रशिक्षण दिनुभएको थियोे । त्यस्तै गरि कार्यक्रम माग तथा प्रस्ताव लेखन तरिका, संघसंस्था दर्ता र नवीकरण प्रक्रिया विषयमा देवघाट गाउँपालिका कार्यक्रम प्रमुख कृष्णराज पन्तले जानकारी दिएका हुन् भने बिहानी मिडियाका अध्यक्ष आशिक रानाले उद्वघोषणकला अभ्यास सम्बन्धि प्रशिक्षण दिनुभएको थियोे । तिन दिने तालिमले संजालमा आवद्व महिला दिदीबहिनीहरूलाई नेतृत्व गर्नमा केही हदसम्म सहयोग पुग्ने सोही तालिम समापन समारोहमा देवघाट गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शुभद्रा भट्टराई बताए । तालिममा देवघाट गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत रमेश सुवेदीले लगाएत उपस्थिति रहेका थिए । सो तिन दिने तालिम फाल्गुन २५ गतेबाट सुरू भइ आज समापन भएको थियो ।



