इलाका प्रहरी कार्यालय देवघाटद्वारा चोरी भएको बाईक सहित चोरी गर्ने व्यक्ति समातिए

images
  • 246
    SHARES
  • फाल्गुण २७, २०७९ शनिबार
    इलाका प्रहरी कार्यालय देवघाटद्वारा चोरी भएको बाईक सहित चोरी गर्ने व्यक्ति समातिए
    images

    करिस्मा गुरुङ

    देवघाट तनहुँ:फागुन २७

    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ टाउनचोक महेशमार्ग निवासी घनश्याम अधिकारीको बाईक हराएको तिन दिन पछि बाईक सहित चोरी गर्ने व्यक्ति इलाका प्रहरी कार्यालय देवघाटद्वारा समातिए छ। घनश्याम अधिकारीको बाइक ना. ४४ प २०७४ नम्बर प्लेट रहेको सुपर स्प्लेन्डर बाइक गत २५ गते बेलुकी आफ्नै घरबाट साझा करिब साढे सात बाजेको समयमा घरमा राखेको स्थान बाट बाइक चोरी भएको अधिकारीले बताए।

    सो बाइक चोरी भएको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय देवघाट तनहुँले खोजी कार्यलाई अगाडी बढाइएको थियो सो क्रममामा आज करिब अपराह्न ४ बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित चोरी भएको बाइक ना. ५१ प ९७१ नम्बरको प्लेट साटफेर गरी राखेको अवस्थामा बाइक र चोरी गर्ने व्यक्ति फेला परेको इलाका प्रहरी कार्यालय देवघाटका निमित्त कार्यालय प्रमुख भोजनारायण श्रेष्ठले बताए। साथै थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय खैरेनी तनहुँ पठाइएको निमित्त कार्यालय प्रमुख श्रेष्ठले बिहानी मिडियालाई जानकारी दिए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend