करिस्मा गुरुङ देवघाट तनहुँ:फागुन २७
तनहुँको देवघाटमा आज पाँच सय जनाले नि:शुल्क मुटुको स्वास्थ्य परिक्षण गरेको छ । शहिद गङ्गालाल राष्ट्रिय ह्दय केन्द्र र नेपाल पूजा प्रतिष्ठानको संयुक्त आयोजना तथा देवघाट गाउँपालिकाको समन्वय एक दिने शिविर सञ्चालन भएको थियोे । सोही एक दिने शिविरले देवघाटमा रहेका बृद्वा बुबाआमा, आश्रममा रहेका बटुकहरू लगाएत अन्य व्यक्तिहरूले शिविरमा स्वस्थ्य सेवा लिएका थिए ।

पवित्र स्थल देवघाटमा बृद्वबृदा आमाबुबाहरू, टाढाटाढा बाट अधययनको शिलशिलामा देवघाटमा आएर बसेका बटुकहरूलाई मध्येनजर गर्नुका साथै सेवाको भावनाले कार्यक्रमको आयोजना गरिएको शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका प्रशासन प्रमुख विमला अर्यालले बताए । उनले आर्थिक अवस्था कमजोर भएको रोगलाई उपचार गरेर औषधी समेत खान नसक्ने व्यक्तिलाई सहयोग पुगेको बताए । सोहि कार्यक्रम समारोहमा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले मुटु सम्बन्धि स्वास्थ्य शिविर कार्यक्रम देवघाट पहिलोपटक आएको हुदाँ धेरै प्रभावकारी रहेको बताउदैँ आयोजकलाई धन्यवाद दिए । देवघाट गाउँपालिका भित्र मुटु रोग सम्बन्धि कति व्यक्तिहरू लडिरहेका छन् सो तथ्यांक निकाल्न समेत सहज हुन्छ भनेर गाउँपालिकाले समन्वय गरेको अध्यक्ष थापाले बताए ।
अस्वस्थकर एवं असन्तुलित खानपिन र प्रदुषणयुक्त वातावरणमा जीवनयापनको कारण मुटु रोग अहिलेको समयमा अत्यन्त भयावह किसिमले बढ्दै गइरहेको अवस्थामा नि:शुल्क स्वास्थ्य शिविर लिन पाउदा परिक्षर्थीहरू धेरै खुशि रहेका थिए । उनिहरूले आयोजकलाई धन्यवाद समेत व्यक्त गरेका थिए । उक्त शिविरमा स्वास्थ्य सेवासँग।सम्बन्धित प्राविधिक व्यक्तिहरूले ईसिजी, ईसिएचओ र मुटु रोग सम्बन्धि सम्पूर्ण परिक्षण गर्नुका साथै केन्द्रले मुटु सम्बन्धि रोगका विभिन्न औषधीहरू नि:शुल्क रूपमा वितरण गरेका थिए । मुटु रोग सम्बन्धित १% बालबालिका रहेका थिए भने अधिक बृद्वा र युवाहरू थिए ।



