आज पनि बेलुकीपख पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का पानी पर्ने अनुमान

images
  • 120
    SHARES
  • फाल्गुण २८, २०७९ आइतबार
    आज पनि बेलुकीपख पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का पानी पर्ने अनुमान
    images

    काठमाण्डाै - आज पनि बेलुकीपख पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ ।

    स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण बेलुकीपखको मौसम बदली भइ एक/दुई ठाउँमा हल्का पानी पर्ने अनुमान रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज काठमाण्डौमा भने खासै पानी पर्ने सम्भावना छैन । तर, बेलुकीपख भने काठमाण्डौको मौसम पनि बदली हुने सम्भावना छ ।

    अन्य पहाडी क्षेत्रमा मेघगर्जनसहित चट्याङ पर्ने अनुमान छ । पहाडी क्षेत्रमा बिहान र दिउँसाेको मौसम सामान्यतया सफा नै रहने मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका  अनुसार तराईका जिल्लाको मौसम सफा छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend