‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदै

images
  • 151
    SHARES
  • फाल्गुण २८, २०७९ आइतबार
    ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदै
    images

    काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज एन्फा मैदान र च्यासल मैदानमा खेल हुनेछ ।

    एन्फा मैदानमा हुने खेलमा मनाङ मस्यार्ङ्दी क्लब र मच्छिन्द्र क्लब दिउँसो साढे २ बजे खेल्दैछन् । त्यस्तै दिउँसो साढे २ बजे नै च्यासलमा न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मीबीच खेल हुनेछ । लिगमा अस्तिदेखि तेस्रो चरणका खेल सुरु भएका हुन् ।

    यस सिजनको ‘ए’ डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend