मोटरसाइकललाई गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

images
  • 137
    SHARES
  • फाल्गुण २८, २०७९ आइतबार
    मोटरसाइकललाई गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु
    images

    बारा । सडक दुर्घटनामा परी शनिबार साँझ बारामा एक जनाको ज्यान गएको छ ।   

     

    साँझ करिब साढे ६ बजे  बारा महागढीमाई नगरपालिका ८ थलही पुल नजिकै कलैयाबाट लङ्गडाचोक तर्फ जाँदै गरेको ना। ३७ प ४१४८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको  गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

     

    सो दुर्घटनामा आदर्श कोतवाल गाउँपालिका १ जमुनिया बस्ने २२ वर्षका विकास कुमार साहको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएको छ भने फरार रहेको गाडीको खोजतलास भइरहेको जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend