काेशी प्रदेश नामकरणकाे विराेधमा हडताल, जनजीवन प्रभावित

images
  • 135
    SHARES
  • फाल्गुण २८, २०७९ आइतबार
    काेशी प्रदेश नामकरणकाे विराेधमा हडताल, जनजीवन प्रभावित
    images

    ताप्लेजुङ - कोशी प्रदेश नामकरणकाे विरोधमा ताप्लेजुङसहित प्रदेशका सबै जिल्लामा हडताल गरिएकाे छ । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित विभिन्न दश पार्टी तथा सङ्घ संस्थाहरुले प्रदेश नामकरणको विराेध गर्दै आज हडताल गरेका हुन् । 

    जातीय पहिचान अनुसार प्रदेशकाे नामकरण गरिनु पर्नेमा काेशी नामकरण गरिएकाे भन्दै त्यसलाई सच्याउनु पर्ने मागसहित १० वटा पार्टी तथा सङ्घ संस्थाहरुले बन्दको आह्वान गरेका हुन् । 

    किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोक्खा, किराँत सुनुवार सेवा समाज, किराँत धर्म तथा साहित्य उत्थान सङ्घ, जनता समाजवादी पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, लिम्बूवान मुक्ति मोर्चा, लिम्बूवान क्रान्तिकारी पार्टी र याक्थुम चुम्लुङ मञ्चले हडताल गरेका हुन् । 

    बन्दका कारण  ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, झापा, मोरङ, सुनसरी लगायतका प्रदेशका सबै जिल्लाका नागरिक प्रभावित भएका छन् । ताप्लेजुङ जिल्लामा मोटरसाइकल समेत चलाउन दिइएकाे छैन भने बजार बन्द गरिएकाे छ । 

    आन्दाेलनरत पार्टी तथा सङ्घ संस्थाहरुले हिजाे बेलुकी पनि मसाल जुलुससहित प्रदर्शन गरेका थिए । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend