सिन्धुलीकाे फिकलमा बस दुर्घटना : पाँच जनाको ज्यान गयाे, १९ जना घाइते

images
  • 134
    SHARES
  • फाल्गुण २८, २०७९ आइतबार
    सिन्धुलीकाे फिकलमा बस दुर्घटना : पाँच जनाको ज्यान गयाे, १९ जना घाइते
    images

    काठमाण्डाै - मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीकाे फिकल गाउँपालिका–४ कुइभिरडाँडामा बस दुर्घटना हुँदा पाँच जनाकाे ज्यान गएकाे छ । १९ जना घाइते भएका छन् । 

    ओखलढुङ्गाबाट काठमाण्डौका लागि छुटेकाे  बा २ ख ६५९६ नम्बरको बस आज बिहान ‘ब्रेक’ फेल भएर दुर्घटना भएको हाे । 

    घाइते भएका १९ जनाकाे खुर्कोट अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो ।

    दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend